बाबा सिद्दिकीका छोरा जीशान कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा प्रवेश

मुम्बई । बाबा सिद्दिकीका छोरा जिशान सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका छन्। अजित पवारको उपस्थितिमा जीशान सिद्दिकी एनसीपीमा प्रवेश गरेका हुन्।
उक्त अवसरमा जिशानले भने , ‘यो मेरो र मेरो परिवारका लागि भावनात्मक क्षण हो । म अजित पवार, प्रफुल्ल पटेल र सुनील तटकरेलाई धन्यवाद दिन्छु। यो कठिन समयमा उहाँहरूले ममाथि भरोसा देखाउनुभयो। ”
जिशानले थपे, ‘मैले बान्द्रा पूर्वबाट मनोनयन पाएको छु। सबैको माया र साथले यस पटक पनि बान्द्रा पूर्वबाट अवश्य जित्नेछु भन्नेमा म विश्वस्त छु । जिशान यसअघि कांग्रेसको टिकटमा मुम्बईको बान्द्रा पूर्वबाट विधायक बनेका थिए। उनका दिवङ्गत बुबा बाबा सिद्दिकी पनि यसअघि कांग्रेसमा थिए ।
यद्यपि, उनी यस वर्ष जुनमा एनसीपी (अजित पवार गुट) मा सामेल भए। बाबा सिद्दिकीको १२ अक्टोबर राति बान्द्रा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार