शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
युरोपा लिग फुटबल

फेनरबाचसँग बराबरीमा रोकियो म्यान युनाइटेड, प्रशिक्षक मोउरिन्होलाई रातो कार्ड

शुक्रबार, ०९ कात्तिक २०८१, ०९ : ४७
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति सम्पन्न लिग चरणको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडलाई टर्कीको क्लब फेनरबाचले आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा अग्रता भने म्यानचेस्टर युनाइटेडले नै लिएको थियो । खेल सुरु भएको १५औँ मिनेटमा क्रिस्टियन एरिक्सनले म्यानचेस्टर युनाइटेडका लागि गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा म्यान युनाइटेड अगाडि रह्यो ।

तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै फेनरबाचले जवाफी गोल गरेको थियो । फेनरबाचका लागि युसेफ एन–नेसिरीले जवाफी गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् ।

खेलका क्रममा अस्वभाविक ब्यवहार देखाएको भन्दै फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होलाई फ्रान्सेली रेफ्री क्लेमेन्ट टर्पिनले रातो कार्ड देखाएका थिए । त्यसपछि उनी आफ्नो स्थानबाट बाहिरिएका थिए । मोउरिन्हो म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक पनि हुन् ।

हालसम्म तीन खेल खेलेर तीनवटै बराबरीको नतिजा निकालेको म्यानचेस्टर युनाइटेड तालिकाको २१औँ स्थानमा आसिन छ । फेनरबाच भने तालिकाको १४औँ स्थानमा छ । फेनरबाचले तीन खेलबाट पाँच अंक बटुलेको छ । फेनरबाचले एक जित दुई बराबरीको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप