शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अमेरिकामा लिग–२ शृङ्खला आजदेखि

अमेरिका र स्कटल्यान्डबिच पहिलो खेल, नेपालले आइतबार आयोजक राष्ट्रको सामना गर्ने

शुक्रबार, ०९ कात्तिक २०८१, ०९ : ३८
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको सातौँ शृङ्खला शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । यो शृङ्खलामा आयोजक अमेरिकाका अतिरिक्त नेपाल र स्कटल्यान्डको सहभागिता रहने छ । 

यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । लिग–२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो । प्रतियोगिताको पहिलो खेल शुक्रबार अमेरिका र स्कटल्यान्डबिच खेलिने छ । खेल नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । 

नेपालले भने आफ्नो पहिलो खेल आइतबार आयोजक अमेरिकासँग खेल्नेछ । आगामी बिहीबार नेपालले स्कटल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्नेछ । शृङ्खलामा अक्टोबर ३१ तारिखमा स्कटल्यान्ड र अमेरिकाबिच खेल हुनेछ ।

यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ । 

लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अंग होइन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरुबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ । 

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले खेल्न लागेको भने यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुबै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।

लिग–२ शृंखलाको अंक तालिकामा नेपालको अवस्था दयनीय देखिन्छ । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । क्यानडाले आठ जित र चार हारको नतिजा निकालेको छ ।

तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकालाई हराएको नेपाली टोलीले त्यसपछि खेलिएको लिग–२ को अभ्यास खेलमा भने लज्जास्पद प्रदर्शन गरेको थियो । त्यो पनि अमेरिकाको ‘ए’ टोलीविरुद्ध । यसले पनि नेपाली टोलीका ब्याट्सम्यानहरुमा लामो ढाँचाको प्रतियोगिताका लागि अनुभवको कमी देखिन्छ । जे होस, अमेरिकामा खेलिने लिग–२ शृङ्खलामा नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ । 

आठ खेल खेलेको अमेरिका १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले ६ जित र दुई हारको नतिजा निकालेको छ । आठ खेल खेलेको नेदरल्यान्ड्स १२ अंकसहित तेस्रो स्थानमा छ । डच टोलीले हालसम्म ६ जित र दुई हारको नतिजा निकालेको छ ।

यसैगरी, १२ खेल खेलेको नामिबिया १० अंकसहित चौथो स्थानमा छ । नामिबियाले पाँच जित र सात हारको नतिजा निकालेको छ । सात खेल खेलेको स्कटल्यान्ड नौ अंकसहित पाँचौँ स्थानमा रहेको छ । स्कटल्यान्डले चार जित र दुई हारको नतिजा निकालेको छ । एक खेल अनिर्णित रुपमा सकिएको छ ।

आठ खेल खेलेको ओमान ६ अंकसहित छैटौँ स्थानमा छ । ओमानले दुई जित र चार हारको नतिजा निकालेको छ । ओमानको दुई खेल अनिर्णित रुपमा सकिएको छ । आठ खेल खेलेको नेपाल तीन अंकसहित सातौँ स्थानमा छ ।

नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ । नेपाली टोली ६ खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अंकसहित आठौँ स्थानमा छ । यूएईले एक जित र ६ हारको नतिजा निकालेको छ ।

लिग–२ को दोस्रो संस्करणमा हालसम्म नेपाली टोलीको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपालले शृंखलाको पहिलो खेल गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो । त्यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । 

फेब्रुअरी १५ तारिखमा खेलिएको शृंखलाको पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । फेब्रुअरी १७ मा खेलिएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । 

यसैगरी, फेब्रुअरी १९ मा खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि सात विकेटको जित हासिल गरेको थियो । चौथो खेल फेब्रुअरी २१ तारिखमा खेलिएको थियो । त्यो खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको थियो । 

यसैगरी, फेब्रुअरी २३ तारिखमा खेलिएको पाँचौँ खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो । फेब्रुअरी २५ मा खेलिएको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटले पराजित गरेको थियो । समग्रमा त्यो शृङ्खला नामिबियाका लागि निकै फलदायी सिद्ध भएको थियो । नामिबियाले आफूले खेलेको चार खेलबाट ६ अंक बटुलेको थियो । 

क्यानडामा खेलिएको शृङ्खलाबाट नेपालले एक अंकमात्र जोड्न सक्यो । त्यो पनि अन्तिम खेल रद्द भएकाले । क्यानडामा खेलिएको शृंखला घरेलु टोलीका लागि उपलब्धिमूलक रह्यो । क्यानडाले आफूले खेलेको चारवटै खेलमा जित हासिल गर्दै आठ अंक बटुल्यो । ओमानले पनि त्यो शृङ्खलाबाट तीन अंक बटुल्यो ।

नेपालले आफ्नो दोस्रो शृङ्खला गत सेप्टेम्बरमा क्यानडामा खेलेको थियो । उक्त शृङ्खलामा नेपाल, क्यानडा र ओमान सहभागी थिए । आफ्नो दोस्रो शृङ्खलामा पनि नेपाली टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रहेको थियो । 

क्यानडामा खेलिएको शृङ्खलाबाट नेपालले एक अंकमात्र जोड्न सक्यो । त्यो पनि अन्तिम खेल रद्द भएकाले । क्यानडामा खेलिएको शृङ्खला घरेलु टोलीका लागि उपलब्धिमूलक रह्यो । आयोजक क्यानडाले आफूले खेलेको चारवटै खेलमा जित हासिल गर्‍यो । क्यानडाले आठ अंक बटुल्यो । 

ओमानले पनि त्यो शृङ्खलाबाट तीन अंक बटुल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४०.१ ओभरमै अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सकेको थियो । 

क्यानडा भ्रमणको आफ्नो दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । जवाफमा ओमानले ४९५ ओभरमा नौ विकेट गुमाएर दुई सय २३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । 

यसैगरी, शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाली टोली क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । टस जिती ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमै अलआउट हुनुअघि एक सय ८१ रनमात्र बनाउन सकेको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ४२ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय ८६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपाल र ओमानबिचको चौथो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यो खेलबाट दुबै टोलीले एक–एक अंक हात पारेका थिए ।

लिग–२ प्रतियोगितामा नेपालको ब्याटिङमा सबैभन्दा ठुलो समस्या देखिएको छ । क्यानडाविरुद्धको शृङ्खलामा पनि नेपालको ब्याटिङमै समस्या देखिएको थियो । खासगरी लामो ढाँचाको प्रतियोगितामा अभ्यास्त नहुनु नेपाली टोलीको सबैभन्दा ठुलो समस्या देखिएको छ । 

लिग–२ शृङ्खला सुरु हुनुअघि नेपालले अमेरिकी राष्ट्रिय टोलीसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलेको शृङ्खला खेलेको थियो । त्यो तीनवटै खेलमा नेपाली खेलाडीको प्रदर्शन अब्बल थियो । नेपालले तीनवटै खेलमा अमेरिकालाई हराएको थियो । 

त्यसअघि पनि टी–२० ढाँचाको प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक नै थियो । तर, तीनवटै टी–२० अन्तर्राष्ट्रियमा अमेरिकालाई हराएको नेपाली टोलीले त्यसपछि खेलिएको लिग–२ को अभ्यास खेलमा भने लज्जास्पद प्रदर्शन गरेको थियो । 

त्यो पनि अमेरिकाको ‘ए’ टोलीविरुद्ध । यसले पनि नेपाली टोलीका ब्याट्सम्यानहरुमा लामो ढाँचाको प्रतियोगिताका लागि अनुभवको कमी देखिन्छ । जे होस, अमेरिकामा खेलिने लिग–२ शृङ्खलामा नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ । 

सहभागी टोलीहरुका लागि आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

aire

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ । 

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो । 

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए । 

पछिल्लो लिग–२ तालिकामा आठ खेल खेलेको नेपाल तीन अंकसहित सातौँ स्थानमा आसीन छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ । नेपाली टोली ६ खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रुपमा सकिएको छ । 

लिग–२ को पहिलो संस्करणमा पनि नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृङ्खलाका सुरुआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो । 

बाँकी चार राष्ट्र नामिबिया, अमेरिका, यूएई र पपुवा न्यु गिनीले भने विश्वकप क्वालिफायरको प्ले–अफ खेल्नु परेको थियो । प्ले–अफ चरण पार गर्दै पछि यूएई र अमेरिका विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका थिए । 

सन् २०२३ को एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भएको थियो । त्यो प्रतियोगिताबाट श्रीलंका र नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएका थिए । 

अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल आठौँ, यूएई नवौँ र अमेरिका दशौँ भएका थिए । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । 

हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।   

त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ । 

अमेरिका भ्रमणमा खेलिने लिग–२ प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । 

देब खनाल पनि रिजर्भ खेलाडीका रुपमा रहेका छन् । क्यानडा भ्रमणपछि भिसा (प्रवेशाज्ञा) समस्याका कारण स्वदेश फर्किएका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने पनि लिग–२ शृङ्खला खेल्न अमेरिका पुगिसकेका छन् । नेपाली टोलीका लागि यो सबल पक्ष हो ।

नेपालस्थित अमेरिकी दूतावासले यसअघि पटक–पटक सन्दीपलाई भिसा दिन अस्वीकार गर्दै आएको थियो । तर, जबरजस्ती करणी मुद्दमा न्यायालयबाट सफाई पाएपछि उनलाई अमेरिका दूतावासले भिसा उपलब्ध गराएको हो । 

sandeep

नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रुपमा टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त नेपाल क्रिकेट संघले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई पनि टोलीको मेन्टरका रुपमा नियुक्त गरेको छ ।

पुबुदु पनि लिग–२ शृङ्खलाका लागि हाल नेपाली टोलीसँगै अमेरिकामा रहेका छन् । उनी नेपाली टोलीका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप