जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल
शुक्रबार, ०९ कात्तिक २०८१, ०८ : २३
वासिङ्गटन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए ।
विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए ।
उनले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरे ।
मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो ‘फिरफिरे फिरिरी’
-
त्रिभुवन विश्वविद्यालयका डीन लगायतको नियुक्तिमा किन भइरहेको छ ढिलाइ ?
-
‘केटी हराएको सूचना’ को पोष्टरमा गम्भीर मुद्रामा नाजिर र सृष्टि
-
अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा बारका तर्फबाट लिखित जवाफ पेस हुने, एक हजार वकिल बहसमा उतार्ने तयारी
-
बाबा सिद्दिकीका छोरा जीशान कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा प्रवेश
-
रास्वपाको प्रदर्शनबारे काठमाडौँका प्रजिअ भन्छन्, ‘उहाँहरूले शान्तिपूर्ण गर्छौँ भन्नुभएको छ’