रौतहट प्रहरीद्वारा १७ जना फरार प्रतिवादी पक्राउ
![रौतहट प्रहरीद्वारा १७ जना फरार प्रतिवादी पक्राउ](https://npcdn.ratopati.com/media/news/rautahat-police_2dlxkj2kHx.png)
रौतहट । फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना, वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारबाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु