नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

बुटवल । दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन् । राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले सशस्त्र प्रहरीले पक्राउ परेको रातोपाटीलाई पुष्टि गरेका छन् । सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ।
गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।
घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरेर ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रण
-
बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणको प्रयास जारी, तस्बिरहरू
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी