शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धिदर घटेको घट्यै, बजारमा बढेको बढ्यै

शुक्रबार, ०९ कात्तिक २०८१, ०६ : ४३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्ष २०८१ भदौमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्य वृद्धिदर) ३.८५ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा यस्तो मूल्य वृद्धिदर ८.१९ प्रतिशत थियो । 

यस तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको भदौमा उपभोक्ता मूल्य वृद्धिदर ४.३४ प्रतिशतले घटेको पाइएको छ । तथ्याङ्कमा भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो । 

बैंकको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा मूल्य वृद्धिदर घटेको देखिन्छ । तर बजारको तालमेल भने सोआधारमा मिलेको देखिँदैन । 

एक बोरा चामलमा ४०० रुपैयाँसम्म वृद्धि 
चामल लगायतका खाद्य पदार्थको मूल्य वृद्धिदर ९.३४ प्रतिशतले वृद्धि भएको बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा खाद्यजन्य पदार्थको मूल्यवृद्धि १३.३८ प्रतिशतले थियो । 

तर बजारमा अघिल्लो वर्षको तुलनामा यो वर्ष खाद्य वस्तुको मूल्य निकै बढेको देखिन्छ । गत वर्ष २५ किलो परिमाण भएको १ हजार ९५० पर्ने जिरा मसिनो चामल अहिले २ हजार ४५० रुपैयाँ रहेको छ । गत भदौमा २३ सय रुपैयाँ पर्ने २५ किलो परिमाणको अर्को जिरामसिनो चामलको मूल्य अहिले २५ सय रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापार संघको तथ्यांक अनुसार २०८० भदौमा मासको दाल प्रतिकिलो २१० थियो भने २०८० को चैतमा यो दालको मूल्य बढेर २२० रुपैयाँ कायम भएको थियो । भदौमा यो दालको मूल्य बढेर २७० पुग्यो । यस्तै गरी गत भदौमा प्रतिकिलो १५० रुपैयाँ रहेको चना यो वर्षको भदौमा १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

अघिल्लो वर्ष ३ हजार २०० प्रतिबोरा पर्ने २० किलो परिमाणको बासमती चामल यो वर्ष ३ हजार ४०० रहेको छ । जसअनुसार एक बोरा चामलमा २०० देखि ४०० रुपैयाँसम्म मूल्य वृद्धि भएको पाइएको छ । 

यसैगरी यो वर्षको भदौमा दाल तथा गेडागुडीको मूल्यवृद्धिदर १०.८० प्रतिशत उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा दाल तथा गेडागुडीको मूल्य वृद्धिदर ६.३३ प्रतिशत मात्रै रहेको थियो । गत वर्षको तुलनामा बजारमा गेडागुडीजन्य वस्तुको मूल्यमा राष्ट्र बैंकको तथ्यांकभन्दा दुई गुणाले बढेको छ ।

खुद्रा व्यापार संघको तथ्यांक अनुसार २०८० भदौमा मासको दाल प्रतिकिलो २१० थियो भने २०८० को चैतमा यो दालको मूल्य बढेर २२० रुपैयाँ कायम भएको थियो । भदौमा यो दालको मूल्य बढेर २७० पुग्यो । यस्तै गरी गत भदौमा प्रतिकिलो १५० रुपैयाँ रहेको चना यो वर्षको भदौमा १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

भदौमा फलफूलको ४.९४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको भदौमा ८.९२ प्रतिशतले बढेको थियो । तरकारीको ९.८४ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा तरकारीको मूल्य वृद्धि दर १४.५१ प्रतिशत बढेको छ । तर गत वर्षको तुलनामा यो वर्ष तरकारीको मूल्य वृद्धि भएको छ । 

कालिमाटी तरकारी बजारको तथ्याङ्कमा हेर्ने हो भने गत वर्षको तुलनामा यो वर्षको भदौ मसान्तमा तरकारीको मूल्य १०० प्रतिशतभन्दा बढीले पनि मूल्य बढेको देखिन्छ । 

table

मसलाको मूल्य घट्यो, खाने तेल बढ्यो

मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा मरमसला मूल्य सूचकाङ्क ४५.४६ प्रतिशतले बढेको थियो । 

भदौमा दुग्ध पदार्थ तथा अण्डाको मूल्य ३.३३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत पुगेको थियो । 

यस्तै घ्यू तथा तेल मूल्य वृद्धि दर ०.८८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । अघिल्लो वर्ष १३.०८ प्रतिशतले घटेको थियो । तर अहिले २० प्रतिशतसम्म तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । 

२०८१ साउनमा सन्फ्लावरको तेल बजारमा प्रतिलिटर २०० ले पाइन्थ्यो एक महिनापछि भदौमा प्रतिलिटर २२० रुपैयाँ पुगेको छ ।

किन बढिरहेको छ मूल्य ?

पछिल्लो समय सबैजसो खाद्यान्नको मूल्य बढ्दै गएको छ । दाल, चामल, गेडागुडी र तरकारी जन्य खाद्य वस्तुको मूल्य आकासिएको गुनासो छ । तर यसबारे सरकारलाई चासो छैन । 

किसानसँग सस्तो मूल्यमा खरिद गरेर ल्याउने र बाढी पहिरोको कारण देखाइ चर्को मूल्य लिएको हुन सक्ने सरोकारवालाहरू बताउँछन् । तर बाढी पहिरोकै कारण महँगो भएको हो कि अन्य कारणले, यसबारे सरकारलाई कुनै चासो छैन । 

दाल, चामल लगायतका खाद्यान्न यो वर्ष भदौको तुलनामा असोज र कात्तिकमा उस्तै रह्यो । तर तरकारीको मूल्य सयौँ गुणासम्म महँगियो । बाढी पहिरोको बहाना बनाएर व्यापारीले तरकारीमा ठुलो परिमाणमा नाफा राखेर बिक्री गर्दै आएका छन् । बाढीको समयमा आपूर्ति प्रभावित भएर बढेको मूल्य अहिलेसम्म घट्न सकेको छैन । 

भदौमा प्रतिकिलो ६५ रुपैयाँ पर्ने नेपाली गोलभेँडा अहिले बजारमा प्रतिकिलो २५० रुपैयाँले बिक्री भइरहेको छ । अन्य हरियो तरकारीको भाउ पनि उस्तै महँगो छ । 

किसानसँग सस्तो मूल्यमा खरिद गरेर ल्याउने र बाढी पहिरोको कारण देखाइ चर्को मूल्य लिएको हुन सक्ने सरोकारवालाहरू बताउँछन् । तर बाढी पहिरोकै कारण महँगो भएको हो कि अन्य कारणले, यसबारे सरकारलाई कुनै चासो छैन । 

बजारमा हुने गरेको मूल्यवृद्धि, कालोबजारी लगायतलाई नियन्त्रण गर्ने सरकारी नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पछिल्लो समय फिल्डमा उत्रिएर बजार अनुगमन गर्दै आएको छ । असोजयता विभागले चाडपर्वलक्षित अनुगमनलाई निकै कडाइका साथ अगाडि बढाएको विभागका महानिर्देशक राजन पौडेल बताउँछन् । तर बजारमा भएको मूल्य वृद्धि भने रोकिएको छैन ।

‘हामीले अत्यावश्यक वस्तुको मूल्यवृद्धि हुन नदिन अनुगमनको दायरा बढाएका छौँ । तर पछिल्लो समय बाढी पहिरोका कारण कृषि क्षेत्रमा भएको क्षतिका कारण बजारमा तरकारी लगायतको मूल्य निकै बढेको छ,’ उनले भने । चर्को मूल्यवृद्धि रोक्न अनुगमन तथा नियमन गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप