शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए

शुक्रबार, ०९ कात्तिक २०८१, ०२ : ०१
शुक्रबार, ०९ कात्तिक २०८१

पेसावर । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् ।

पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतंककारी मारिएको जनाएका छन् । 

सेनाले खैबर पख्तुनख्वा प्रान्तको बाजुरमा आक्रमण गर्दा एकै ठाउँमा ९ जना मारिएका छन् । त्यहाँबाट सेनाले हतियार र गोलाबारुद समेत बरामद गरेको जनाएको छ ।

उक्त क्षेत्र आतकंकारीहरूले आधारक्षेत्रकोरुपमा उपयोग गर्दै आएको ठाउँ हो । त्यस्तै, अर्को जिल्ला डेरा इस्माइल खानमा पनि गोलीबारी चलिरहेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको यो क्षेत्र पाकिस्तानी तालिवानको पूर्व गढ हो। उता पूर्वी पञ्जाब प्रान्तको मियानवाली जिल्लामा अरू १० आतङ्ककारी मारिएका छन् । 

छिमेकी अफगानिस्तानले तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानीहरूमा जोस छ । जसकारण यहाँ पटक-पटक तालिबानीहरूले पनि आक्रमण गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप