शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

राति सुतेको बेलामा घुर्नुहुन्छ ? अपनाउनुस् यी दुई उपाय

बिहीबार, ०८ कात्तिक २०८१, २३ : २३
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौं । घुर्नु सामान्य समस्या हो । तर यसले हाम्रो निद्रा र स्वास्थ्यलाई असर गर्न सक्छ । धेरैको निदाएको बेलामा घुर्ने बानी हुन्छ ।

गहिरो निद्रामा जानेबित्तिकै त्यस्तो व्यक्ति घुर्न थाल्छन् । यस्तो अवस्थामा नजिकै सुत्ने व्यक्ति भने घुराईको आवाजले सुत्न नसकेर छट्पटिन थाल्छ ।

 

घुर्ने समस्याबाट छुटकारा पाउन केही सजिला उपायहरू पालना गर्न सकिन्छ । जुन यस प्रकार रहेका छन् :-
 
सुताईको स्थिति परिवर्तन गर्ने
 
उत्तानो परेर सुत्नुको सट्टा पेटको बलमा सुत्दा सास फेर्न सजिलो हुनेछ । ओछ्यानमा तकियालाई अलि अग्लो बनाएर पनि तपाई आफ्नो सुत्ने स्थितिमा सुधार गर्न सक्नुहुन्छ ।
 
जीवनशैलीमा परिवर्तन गर्ने
 
नियमित व्यायाम र तौल घटाउँदा सास फेर्न क्षमतामा सुधार हुन्छ । धुम्रपान र मदिराको सेवन बन्द गर्नाले पनि स्वास्थ्यमा सुधार आउन सक्छ । यसले घुर्ने समस्या आउँदैन । सुत्नुअघि भारी भोजन नगर्नुस् अनि पर्याप्त निदाउनुहोस् ।
 
यसबाहेक तपाईले यी उपाय पनि अपनाउन सक्नुहुन्छः
 
– सुत्नुअघि मनतातो पानीले नुहाउने ।
 
–सुत्नुअघि कफी र चिया नपिउने ।
 
–सुत्ने कोठाका झ्यालहरू खुला राख्ने ।
 
यसबाहेक, घुर्ने समस्या गम्भीर छ भने तपाईले एक पटक डाक्टरसँग परामर्श गर्नु उपयुक्त हुनेछ ।
 
(नोट : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप