शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'पञ्चायत-गणतन्त्रकालीन अर्थतन्त्रको लेखाजोखा'देखि 'रविविरुद्ध अर्को पक्राउ पुर्जी'सम्म

शुक्रबार, ०९ कात्तिक २०८१, ०० : ००
शुक्रबार, ०९ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी, तिहारसम्म हिरासतमै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीसम्बन्धी छानबिनका लागि जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

यसअघि कास्कीबाट पक्राउ पुर्जी भएर गत शुक्रबार पक्राउ परेका लामिछानेलाई बिहीबार मात्रै कास्की अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले उनीसहित छविलाल बञ्जाडे जोशी र लिला पछाईसमेतविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान गर्न अनुमति दिएकाे छ । योसँगै अब लामिछाने तिहारमा पनि प्रहरी हिरासतमै रहने देखिएको छ । 

 

रास्वपाले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।

२. पञ्चायतदेखि गणतन्त्रकालीन अर्थतन्त्रको लेखाजोखा

पञ्चायती व्यवस्था सुरु भएको वर्ष (वि.सं. २०१७)मा मुलुकको औसत प्रतिव्यक्ति आय ५० अमेरिकी डलर थियो । जबकि त्यतिबेला विश्वको औसत प्रतिव्यक्ति आय ४५९ डलर थियो । २०४७ सालमा नेपालीको प्रतिव्यक्ति आय १८५ डलर थियो अर्थात् यो ३० वर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आयमा १३५ डलरले वृद्धि भयो ।


३. अध्यादेशको त्रास

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना नरहेको प्रस्ट पारिसके पनि विपक्षी दलहरू उनको सो भनाइप्रति ढुक्क हुन सकिरहेका छैनन् । प्रधानमन्त्री ओलीको भनाइ र गराइमा एकरुपता नहुने माओवादी केन्द्रका नेताहरू बताइरहेका छन् ।

४. मर्यादित भएर चाडपर्व मनाउन अपिल
जिप्रका काठमाडौँले तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन सबैलाई आग्रह गरेको छ ।

तिहार नजिकिएसँगै फुलको कारोबार बढेको छ भने फुलको महत्व पनि बढेको छ । यसैबीच फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ ।  


५. विवादमा राष्ट्रपतिका सल्लाहकार

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर विवादमा तानिएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कुँवरले सहकारी ठगीमा फरार अभियुक्त रहेका जीबी राईको एक संस्थामा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेको र उक्त संस्थाबाट पारिश्रमिक समेत बुझेको पाइएको हो ।


६. एमालेले दानमा पाएको जग्गा विवाद

नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याउने हुँदै सरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भएका  कारण बिहीबार सुनुवाइ हुन नसकेको हो ।


७. माओवादीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् ।

सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

८. प्राधिकरणको एक्सन

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ । तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।


९. परराष्ट्रको सवाल

परराष्ट्र मन्त्रालयले जनशक्ति थप्ने निर्णय गरेसँगै विभिन्न टिप्पणी सुरु भएको छ । कतिपयले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो मान्छे भर्ना गर्न कर्मचारी थप्ने निर्णय गराएको आरोप लगाएका छन् । आर्थिक बोझ थपिने गरी कर्मचारीको सङ्ख्या बढाउनु सरकारकै आर्थिक मितव्ययिता विपरीत रहेको तर्क पनि गरिँदैछ ।

 

१०. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२५ अंकले घटेको छ । २६४६ बिन्दुबाट सुरु भएको नेप्से कारोबार उतारचढाव हुँदै २६२७ बिन्दुमा पुगेर रोकिएको छ । 


११. गाजामा इजरायली आक्रमण, ७७० जनाको मृत्यु
हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ ।

१२. श्रीलंकाविरुद्ध नेपालको ६ गोल

 

साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको खेलमा नेपाल ६–० गोलले विजयी बनेको हो । 

उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो । खेलको आठौँ मिनेटमा सबिता राना मगरले नेपाललाई अग्रता दिलाइन् ।

 

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप