शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

बेलबारी गोल्डकप : झापा ११ फाइनलमा

बिहीबार, ०८ कात्तिक २०८१, २१ : ५६
बिहीबार, ०८ कात्तिक २०८१

बेलबारी । बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।

झापाको जीतका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उजले २८ औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे । झापाले दोस्रो गोल पेनाल्टीमार्फत गर्यो । 

खेलको ८९ औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ । 
आशिष प्लेयर अफ द म्याच घोषित हुनुभयो । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे  ।  दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप