शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
प्राधिकरणको एक्सन

महसुल नतिर्ने ४९ उद्योगको लाइन काटियो

बिहीबार, ०८ कात्तिक २०८१, २१ : १८
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ ।

तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

यसअघि आज बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न सकेको थिएन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप