बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘फेस अफ क्लासिक डाइमन्ड’ द्वारा पाँचौँ सिजन  घोषणा

बिहीबार, ०८ कात्तिक २०८१, २१ : १३
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन  घोषणा भएको छ । क्लासिक डाइमन्डले काठमाडौँमा बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरेको हो । कार्यक्रममा क्लासिक डाइमन्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौँमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडरको जिम्मेवारी पाउनेछन् । उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

प्रतियोगिता यसअघिका विजेता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लामा र मुना गौचनले जितेका थिए । साम्राज्ञी चलचित्रमा, अञ्जली फेसनमा र मुन बलिउडमा स्थापित छन् । ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित यसले फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवद्र्धन गर्दै आएका हो ।

प्रतियोगिता अडिसन काठमाडौँ र पोखरामा हुनेछ । अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिइनेछ । त्यसपछि प्रतियोगिताबाट विजेताहरूसहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा सहभागी गराइनेछ ।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, फस्ट रनरअपले एक लाख र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगीलाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् ।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डाइमन्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरू उत्पादन गरेको बताइन् । पूर्व मिस नेपाल अस्मी श्रेष्ठले प्रतियोगिता नयाँ मोडलहरूलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने प्लेटफर्म भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप