बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सचिवमा विष्टको बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण स्वीकृत

बिहीबार, ०८ कात्तिक २०८१, २० : २५
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले  सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको हो । त्यस्तै केही कर्मचारीको पनि विदेश भ्रमण स्वीकृत दिएको छ । 

त्यस्तै संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सेनाका अधिकृतको पदोन्नति पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप