बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने

बिहीबार, ०८ कात्तिक २०८१, २० : २०
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  

उनले भने,‘स्वास्थ्य मन्त्रालयको आग्रहमा भोलि शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ । डेंगु नियन्त्रणका लागि  सरसफाइ अभियान चलाउने निर्णय भएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप