चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कमल थापालाई दुई उपाधि
![चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कमल थापालाई दुई उपाधि](https://npcdn.ratopati.com/media/news/464376208_1073272267497009_7185936057197140201_n_WUlRnaPovQ.jpg)
काठमाडौँ । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेर समूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् ।
कमलले ५५ वर्षमाथि उमेर समूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।
महिला सिंगल्सको उपाधिका लागि अभिलाषा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् । अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–० र ६–१ को जित निकालिन् ।
पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान् हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् । पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान् हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।
पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेर समूहको गर्ल्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए ।
अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गर्ल्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गर्ल्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।
उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गर्ल्सकै यु–१० उमेर समूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेर समूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता