बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नेपालको गोल वर्षा
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् नेपालको गोल वर्षा

बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको छ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा सो नतिजा आएको हो । योसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ८ औँ मिनेटमा नेपालका लागि सविताले गोल गर्दै नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा साबित्रा भण्डारी ‘साम्बा’ले नेपालका लागि दोस्रो गोल गरिन् । त्यस्तै, १३ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन् ।

त्यस्तै, खेलको ३७ औँ मिनेटमा रेखाले चौथो गोल गरेकी थिइन् । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले गोलमा परिणत गरेकी थिइन् । 

त्यस्तै, खेलको ४६ औँ मिनेटमा सविता रानामगरले पाँचौँ गोल गरेकी थिइन् । दोस्रो हाफको इन्जुरी समयमा रश्मि कुमारी घिसिङले नेपाललाई एक गोलको योगदान गर्दै नेपाललाई ६–० को जित दिलाएकी थिइन् । 

योसँगै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह बी मा रहेको नेपाल र भुटानको समान ७ अङ्क भए पनि गोल अन्तर कारण नेपाल समूह विजेता बन्न सफल भएको हो ।

समूह ‘ए’ बाट बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारत भने उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया