श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल, सेमिफाइनलमा प्रवेश
_TGjAOlvAUt.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको खेलमा नेपाल ६–० गोलले विजयी बनेको हो ।
उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो । खेलको आठौँ मिनेटमा सबिता राना मगरले नेपाललाई अग्रता दिलाइन् ।
१२ औँ मिनेटमा साबित्रा भण्डारीले टोलीको अग्रता दोब्बर बनाइन् । एक मिनेटपछि रेखा पौडेलले तेस्रो गोल थपिन् । ३६ औँ मिनेटमा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् ।
दोस्रो हाफको सुरुवातमा नै अमिशा कार्कीले टोलीका लागि पाँचौँ गोल गरिन् । रश्मि कुमारी घिसिङले इन्जुरी समयमा छैटौँ गोल गरिन् ।
जितसँगै नेपाल समूह बीबाट विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहबाट भुटान उपविजेता बनेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले यसअघि खेलिएको खेलमा माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक