बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

बिहीबार, ०८ कात्तिक २०८१, १९ : २२
बिहीबार, ०८ कात्तिक २०८१

दाङ । दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना पत्थरगढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा तथा निशा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप