बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने

बिहीबार, ०८ कात्तिक २०८१, १९ : १४
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । शिक्षकहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षकहरूको एक दिनको तलब कोषमा जम्मा गर्न भनेको हो ।

सोही आधारमा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई एक दिन बराबरको तलब कोषमा जम्मा गर्न भन्दै पत्राचार गरेको हो ।

असोज १४ गते मुख्य सचिवको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धमा बसेको सचिव बैठकले कर्मचारीको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा राजपत्रांकित अधिकृतहरूको २ दिन र अन्य कर्मचारीहरूको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । सोही आधारमा स्वीकृत दरबन्दी र राहत अनुदानमा कार्यरत विद्यालयका शिक्षकहरूको १ दिनको तलब कोषमा जम्मा गर्न भनेको हो ।

मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई समेत उक्त निर्णय अनुसार तलब जम्मा गर्न अनुरोध गरेको छ ।

असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण ठुलो जनधनको क्षति भएको थियो । 

464179019_959053646328331_5525641744114554084_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप