लोसपा र नागरिक उन्मुक्तिका नेताहरू राजेन्द्र महतो नेतृत्वको पार्टीमा प्रवेश

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टीका विभिन्न नेताहरू पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता तथा ललितपुरबाट निर्वाचित संविधानसभा सदस्य योगेन्द्र घिसिङ र सोही पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष दल बहादुर तामाङ, केन्द्रीय सचिवालय सदस्य ओम प्रकाश चौधरी राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेको सो पार्टीका नेता केशव झाले बताए ।
त्यसैगरी लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसांसद चन्द्रकान्त चौधरी पनि सो पार्टीमा प्रवेश गरेका छन् । नेता झाका अनुसार जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई आफ्ना दर्जनौँ समर्थकसहित राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीका अध्यक्ष राजेन्द्र महतोले खादा र माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)