बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

झापा ११ फुटबल क्लब बेलबारी गोल्डकपको फाइनल प्रवेश

बिहीबार, ०८ कात्तिक २०८१, १८ : ४९
बिहीबार, ०८ कात्तिक २०८१

बेलबारी । पहिलो पटक सहभागी भएको बुटवल लुम्बिनीविरुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापाको जितका लागि दुवै गोल आषिश चापागाईँले गरे । २८ औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका लागि पहिलो गोल गरेका हुन् । 

७५ औँ मिनेटमा बुटवल लुम्बिनी फुटबल क्लबका रक्षापंक्तिका खेलाडी एन.मेन्डी इवोसिइको आफ्नै डिबक्स भित्र हेन्ड भयो । हेन्ड भएपछि रेफ्री विक्रम कार्कीले झापालाई पेनाल्टी प्रहारको अवसर दिए ।  झापाले दोस्रो गोल पेनाल्टी मार्फत गर्‍यो । 

खेलको ८९ औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक बिष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार ब्योहोर्दै घर फर्किएको छ । 

दुई गोल गर्ने आशिष आजको खेलमा म्यान अफ दम्याच घोषित भए ।  चापागाईँलाई केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।   

शुक्रबार दोस्रो सेमिफाइनल खेल काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहा बिच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप