निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा
बिहीबार, ०८ कात्तिक २०८१, १८ : ३३

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल