एनआरएनए विवाद : आरके शर्माले गराए सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादमा अध्यक्ष आरके शर्माले सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । उनले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग गर्दै रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले बताए ।
एनआरएनएमा शर्मा र बद्री केसी दुई पक्षबिच विवाद भइरहेको छ । सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खुलेपछि शर्माले सर्वोच्चमा नयाँ रिट दर्ता गराएका हुन् । यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ ।
रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ ।
यस्तै रिटमा न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ ।
अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’