बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा साङ्गठनिक गतिविधिबारे छलफल

बिहीबार, ०८ कात्तिक २०८१, १७ : ३७
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा दलको महाधिवेशन र साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको छ । बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकमा साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको भएको हो ।

बैठकले महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन भएकोमा पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद समेत दिएको छ । बैठकले समितिको आगामी बैठक कार्तिक १३ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने निर्णय समेत गरेको छ ।

कांग्रेसका सहमहामन्त्री एवं समितिका संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’ को सभापतित्वमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्यहरू  सरिता प्रसाई, जितजंग बस्नेत र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विद्धान गुरुङको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप