१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ

काठमाडौँ । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सुमन तिम्सिनाले रातोपाटीलाई बताए ।
धनकुटाको छ थर जोरपाटी–२ घर भएकी १६ वर्षीया बालिकासँग आरोपीहरूले चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाह गराउँदै थिए । पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएका शीतल गुरुङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।
कानुनअनुसार २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न र गराउन पाउने व्यवस्था छ । किशोरीलाई प्रलोभनमा पारेर चिनियाँसँग विवाह गराउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित