बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भौतिक मन्त्री दाहालले भने– बाढीको प्रकोपका कारण सय दिनका लक्ष्य पूरा गर्न कठिन भयो

बिहीबार, ०८ कात्तिक २०८१, १७ : २०
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एक सय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको उपलब्धि विवरण सार्वजनिक गरेका हुन्। एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये ८ ओटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको जनाइएको छ ।

बर्सात र बाढीको प्रकोपका कारण सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गरे । वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि थप १५ अर्व १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरूसँग छलफल भई रहेको समेत मन्त्री दाहालले बताए। तर दातृनिकायहरुको मात्र नपरी मन्त्रालयले आफ्नै श्रोतबाट भए पनि पुननिर्माण कार्यलाई अघि बढाउने उनको भनाई छ । मन्त्रालयले यस सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यहरूलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए। नीतिगत, सुशासन र कानुनी सुधारतर्फ सय दिनको अवधिमा ७ उपलब्धि प्राप्त भएका छन् । 

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इन्जिनियरिङ परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने लगायतका काम यस अवधिमा भएका छन् ।

यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नु पर्ने गरी पहिचान समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप