बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्ग क्षेत्रका स्वास्थ्यकर्मीलाई सशस्त्रद्वारा ‘ट्रमा केयर’ तालिम

बिहीबार, ०८ कात्तिक २०८१, १७ : ००
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । सशस्त्र प्रहरीले पृथ्वी राजमार्ग आसपासमा क्रियाशील स्वास्थ्यकर्मीहरूलाई ‘ट्रमा केयर’ तालिम दिएको छ । चितवनस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा दुई दिनसम्म तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सड्क खण्डमा अवस्थित अस्पताल र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई कार्तिक ५ बाट दुई दिने तालिम प्रदान गरिएको थियो । तालिममा २६ जना स्वास्थ्यकर्मी सहभागी थिए । सवारी दुर्घटनामा परेकाहरूलाई तत्काल उपचार गर्ने उद्देश्यले ‘बेसिक लाइफ सपोर्ट एन्ड प्राइमरी ट्रमा केयर’ तालिम प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिमको समापन गरेका छन् । गृह मन्त्रालयको १ सय दिनको कार्यक्रम अन्तर्गत राष्ट्रिय सड्क सुरक्षा परिषद्को आयोजनामा एपिएफ अस्पताल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सो तालिम सम्पन्न गरिएको सशस्त्रले जनाएको छ । 

तालिम समापन गर्दै सशस्त्र प्रहरीका आईजी राजु अर्यालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै सशस्त्र प्रहरीले जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए ।

सशस्त्र प्रहरीले विपद्को बेलामा उद्धारमा खटिने गरी ‘स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम’ पनि सुरु गरेको छ । भदौ १६ बाट सुरु भएको सो तालिम अहिलेसम्म ५ सय ८८ जनाले तालिम लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप