बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एकै पटक ८५ विमानमा बमको धम्की

बिहीबार, ०८ कात्तिक २०८१, १६ : २७
बिहीबार, ०८ कात्तिक २०८१

 नयाँ दिल्ली । भारतमा हवाई सेवा प्रदायकहरूलाई विमानभित्र बम राखेको धम्की आउने क्रम टुटेको छैन । एकै पटक अरू ८५ वटा विमानमा यस्तो खालको धम्की आएको छ । 

यीमध्ये एयर इन्डियाका २० विमान रहेको बताइएको छ । धम्की पाएका अन्य विमानमा इन्डिगोको २०, विस्ताराको २० र आकासाका २५ विमान रहेका छन् ।

न्यूज एजेन्सीका अनुसार यसअघि दिल्ली प्रहरीले गएको ८ दिनमा ९० भन्दा धेरै घरेलु र अन्तर्राष्ट्रिय उडानमा धम्कीबारे आठ वटा अलग अलग एफआईआर दर्ता गरेको छ । यी उडान दिल्लीबाट विभिन्न घरेलु र अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाँदै थिए । यी मामिलाको छानबिन भइरहेको प्रहरीले बताएको छ । धम्कीपूर्ण म्यासेज एक्समा पाइएको एक वरिष्ठ प्रहरी अधिकारीले भनेका थिए । तर पछि अधिकारीहरू यो कुरा खण्डन गरेका थिए ।

पहिलो पटक बम राखेको धम्की दिल्लीबाट बैंगलुरु जान लागेको आकासाको फ्लाइटमा पाइएको थियो । एक्समार्फत बमको धम्की प्राप्त भएको थियो । सो विमानमा १८० जना यात्री सवार थिए । धम्की आएपछि विमानलाई दिल्ली फर्काएर आकस्मिक अवतरण गराइयो । 

दिल्ली प्रहरीको साइबर सेलको टोलीले उडानमाथि जारी खतराबारे एक्स र सामाजिक सञ्जालमा गतिविधिमाथि नजर राखिरहेको छ । एक हप्तामा १७० भन्दा बढी उडानमा बमको धम्की प्राप्त भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप