बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेट : वासिङ्टन सुन्दरले सात विकेट लिएपछि २५९ रनमै समेटियो न्युजिल्यान्ड

बिहीबार, ०८ कात्तिक २०८१, १६ : १०
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली न्युजिल्यान्ड दुई सय ५९ रनमै समेटिएको छ । पुणेमा जारी दोस्रो टेस्टको पहिलो दिन न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा ७९.१ ओभरमा अलआउट भएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर डेभोन कनवेले ७६ रन बनाए । उनले एक सय ४१ बलको सामना गरी ११ चौका पनि हिर्काए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो ११औँ अर्धशतक हो ।

रचिन रविन्द्रले पनि न्युजिल्यान्डको खातामा ६५ रन थपे । उनले एक सय पाँच बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । २४ वर्षीय रचिनले टेस्ट क्रिकेटमा बनाएको यो चौटो अर्धशतक पनि हो ।

यसका अतिरिक्त न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ३३ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । भारतका बलर वासिङ्टन सुन्दर एक्लैले सात विकेट लिए । उनले २३.१ ओभरमा चार मेडन राख्दै ५९ रन खर्चिए ।

२५ वर्षीय वासिङ्टन सुन्दरको टेस्ट क्रिकेटमा यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । रविचन्द्र आश्विनले पनि तीन विकेट हात पारे । भारतविरुद्धको तीन टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अगाडि छ । शृंखलाअन्तर्गतको पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप