‘पुष्पा २’को प्रदर्शन मिति परिवर्तन
मुम्बई । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २ः द रूल’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि ६ डिसेम्बरमा प्रदर्शन हुने भनिएको फिल्म एक दिन अगाडि अर्थात ५ डिसेम्बरमै प्रदर्शन हुने भएको छ ।
बिहीबार अभिनेता अल्लू अर्जुनले आफ्नो इन्स्टाग्राम मार्फत फिल्म एक दिन अगाडि प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको पोष्टरमा प्रदर्शन मिति ५ डिसेम्बर उल्लेख गरिएको छ । यसअघि फिल्म १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको थियो । त्यो समयबाट सरेर फिल्म डिसेम्बरमा आएको हो ।
अल्लु र रश्मिकाको अलवा फिल्ममा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ ।
सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्म नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन् । सन् २०२१ मा रिलिज सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेलको रुपमा ‘पुष्पा २ः द रूल’ निर्माण भएको हो । फिल्म निर्माण घोषणा भएदेखिनै चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री