बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु

बिहीबार, ०८ कात्तिक २०८१, १४ : २९
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कपिलवस्तु, झापा, सप्तरी लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।   

प्रहरीको दैनिक बुलेटिनका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–१ भाईरलडाँडास्थित सडकमा लु.२ ख २१४२ नम्बरको बस र रा.७ प ३४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ राप्ती गाउँपालिका–४ मौरिघाट बस्ने २८ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको छ ।

बुधबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि सौराहा अस्पताल बुटवल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका– ४ केर्खा चोकस्थित सडकमा प्र.१–०१-००१ ख ४३३१ नम्बरको बसले इलेक्ट्रोनिक साइकललाई बुधबार साँझ ठक्कर दिँदा साइकलमा सवार सोही गाउँपालिका–३ सानो केर्खा बस्ने टेक बहादुर लिम्बु र उनकै ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित सडकमा बा.९१ प ८५९६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–११ राजपुर बस्ने ४० वर्षीय छेदिलाल मरिकको बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी बाजुरा जगन्नाथ गाउँपालिका–५ भुकाखोलास्थित सडकमा कालिकोटबाट बाजुरातर्फ आउँदै गरेको क.प्र.०२–००१ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कालिकोट सान्नित्रिवेणी गाउँपालिका–८ बस्ने ३० वर्षीय खेमराज बुढाको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप