आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो: साह

काठमाडौँ । नेकपा एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् ।
‘शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो’, उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न जोकोहीले पाउने भएपनि एमालेले विज्ञप्ति नै जारी गरेर रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडकमा आन्दोलनकारीलाई तर्साउन खोजेको साहको भनाइ छ ।
बिहीबार नै एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गरेका थिए यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल