कमला ह्यारिसको ‘फासिस्ट’ भनाइमा ट्रम्पले दिए यस्तो जवाफ

वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट सो पदकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई फाँसीवादी भनेकी थिइन् । कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वीहरू फासिस्ट भएको आफूलाई लागेको र उनीहरूले अनियन्त्रित शक्ति चाहेको बताएकी थिइन् ।
कमला ह्यारिसलाई सीएनएनको कार्यक्रममा ट्रम्प फाँसीवादी हुन भनेर उनका पूर्व सहयोगीको भनाइप्रति सहमत छिन् भनेर सोधिएको थियो । यसको उत्तरमा ह्यारिसले ‘म सहमत छु’ भनेकी थिइन् । अब पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथमा कमला ह्यारिसको फाँसीवादी भनाइप्रति प्रतिक्रिया दिएका छन् ।
‘उनले आफ्नो बयानबाजीलाई यति हदसम्म बढाइरहेकी छिन् कि उनी मलाई एडोल्फ हिटलर जस्तो भनेर मेरोबारे आफ्नो दिमागमा जे आउँछ त्यही भनिरहेकी छिन्,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला ह्यारिस’ भन्दै उनलाई लोकतन्त्रका लागि खतरा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव