बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’
फोटोफिचर

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’

बिहीबार, ०८ कात्तिक २०८१

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ ।  

godawari flower exhibition (24)

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ११ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुनेछ ।
godawari flower exhibition (1)

यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने छन्। यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ। 

godawari flower exhibition (4)

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाति रहने छ । 

godawari flower exhibition (5)

साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।

godawari flower exhibition (7)

४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

godawari flower exhibition (14)

फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५१ साल देखि लगातार रूपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ। 

godawari flower exhibition (2)godawari flower exhibition (3)godawari flower exhibition (6)godawari flower exhibition (8)godawari flower exhibition (9)godawari flower exhibition (10)godawari flower exhibition (11)godawari flower exhibition (12)godawari flower exhibition (13)godawari flower exhibition (15)godawari flower exhibition (16)godawari flower exhibition (17)godawari flower exhibition (18)godawari flower exhibition (19)godawari flower exhibition (20)godawari flower exhibition (21)godawari flower exhibition (22)godawari flower exhibition (23)godawari flower exhibition (25)godawari flower exhibition (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया