रवि र छविको म्याद थप सम्बन्धी बहस हुँदै गर्दा समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन
_l0SDoa7l57.jpg)
कास्की । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।
कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो । यसअघि अदालत खुल्नासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई म्याद थपका लागि उपस्थित गराएका छन् ।
यसैबीच उनीहरुको म्याद थप भइरहेको बेला अदालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेधका रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् भने यस्तै सहकारी पीडितहरुले पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका हुन् ।
दुई पक्षको प्रदर्शनबाट हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। रवि कात्तिक २ र छवि असोज ६ मै काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै