ओली सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन : अन्य प्रदेशमा के-के छन् तयारी ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ ।
बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा १० गते जनप्रदर्शनसहित खबरदारी सभा गर्न लागिएको हो । अन्य प्रदेशमा अहिले सरकार विरोधी कुनै कार्यक्रम छैन । तिहारपछि देशभर विरोधका कार्यक्रम सार्वजनिक गर्छौं’, रातोपाटीसँग सापकोटाले भने ।
कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य कालीबहादुर मल्लले केन्द्रमा बाहेक अन्य प्रदेशमा विरोध वा खबरदारीको कार्यक्रम तय नभएका जानकारी दिए । ‘अन्य प्रदेशमा विरोध कार्यक्रम गर्ने विषयमा मैल महासचिवसँग पनि कुरा गरेको थिएँ । उहाँले अहिले केन्द्रमा मात्रै गर्ने अन्य प्रदेशमा पछि कार्यक्रम बनाउने भन्नुभएको छ । प्रदेशस्तरमै हामीले अहिले कुनै विरोध कार्यक्रम वा जनपरिचालनको कार्यक्रम राखेका छैनौँ’, मल्लले भने ।
अर्का स्थायी समिति सदस्य कमला रोक्काले तिहारअघि लुम्बिनी प्रदेशमा कुनै विरोधका कार्यक्रम नराखिएको जानकारी गराइन् । ‘सम्पूर्ण हिसाबले १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारीमा छौँ । प्रदेशस्तर वा जिल्लास्तरमा कुनै कार्यक्रम तय भएको छैन’, उनले भनिन्, ‘केन्द्रीय समिति बैठकले नै योजनासहित जनपरिचालनसहित विरोधका कार्यक्रम तय गर्ला ।’
सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले पनि प्रदेशस्तरमा सरकारविरुद्ध खबरदारी कार्यक्रम नराखिएको बताए । तिहार नजिकै आएकाले प्रदेशस्तरमा विरोध प्रदर्शनको कार्यक्रम नराखिएको उनले जानकारी दिए । केन्द्रको निर्देशन आउँदा साथ जनपरिचालनसहितका कार्यक्रम बनाउने उनले जिकिर गरे ।
कांग्रेस र एमालेबिच असार १७ गते संविधान संशोधनसहित आलोपालो सरकार बनाउने ७ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेका अध्यक्ष केपी ओलीले असार ३१ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । तर ओली सरकारको सय दिन पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । सरकारको सय दिनको कामको समीक्षा गर्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् । माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण