सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्याइएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरिदियो । यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा