आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

मनिला । उत्तरपूर्वी फिलिपिन्समा बिहीबार उष्णकटिबंधीय आँधीले निम्त्याएको बाढी र भूकम्पका कारण २३ जनाको ज्यान गएको छ । बाढीका कारण गाडीहरू सडकमा बगेका थिए । घरको छानामा फसेका मानिसलाई मोटरबोटको सहायताले उद्धार गर्ने काम भइरहेको छ ।
सरकारले विद्यालय र कलेज बन्द गर्ने घोषणा गरेको छ । उष्णकटिबंधीय आँधी ट्रामीको चपेटामा उत्तरपूर्वी प्रान्त आएपछि लाखौं मानिसहरूलाई बचाउन दोस्रो दिन पनि उद्धार कार्य जारी राखिएको छ । हिमाली प्रान्त इफुगाओको अगुनाल्डो सहरमा ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको शक्तिशाली हुरी चलिरहेको छ ।
बाढी र पहिरोले बिकोल क्षेत्र नराम्ररी प्रभावित
बाढी र पहिरोका कारण बिकोल क्षेत्र नराम्ररी प्रभावित भएको छ । अधिकांशको मृत्यु बाढीको पानीमा डुबेर भएको छ । हालसम्म २३ जनाको ज्यान गएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीका कारण धेरैजसो मृत्यु मनिलाको दक्षिण पूर्वमा भएको हो । यहाँ अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् । गाउँमा फसेका हजारौँ मानिसलाई सरकारी सेनाले उद्धार गरिरहेको छ ।
प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि एक हजार ५०० प्रहरी पठाइएको छ । उद्धार र राहत पर्खिरहेका मानिसहरूको सङ्ख्या धेरै भएकोले आफूहरूले एकै पटक सबैलाई उद्धार गर्न नसक्ने, यसका लागि थप मोटरबोटहरू चाहिएको क्षेत्रीय प्रहरी प्रमुख ब्रिगेडियर जनरल आन्द्रे डिजोनले भनेका छन् ।
आँधी चलिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । आँधीका कारण २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा करिब २० वटा आँधी आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पुर्व हवल्दार पक्राउ
-
राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
-
भारतीय जासुसी ड्रोन खसालेको पाकिस्तानको दाबी