बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिडियाखानामा ब्याक्टेरियल प्रकोप फैलिँदा १२ बाँदर मरे

बिहीबार, ०८ कात्तिक २०८१, ११ : ०७
बिहीबार, ०८ कात्तिक २०८१

हङकङ । हङकङको एउटा चिडियाखानामा ब्याक्टेरियल संक्रमणका कारण धमाधम बाँदर मरिरहेका छन् । विगत १० दिनमा १२ वटा बादर मरेको समाचारमा उल्लेख छ । 

डी ब्राज्जा जातको  बाँदरलाई १३ अक्टोबरदेखि आइसोलेशनमा राखिएको थियो । चिडियाखानामा आठौँ बाँदरको मृत्यु भएपछि यस बाँदरलाई छुट्टै राख्न थालिएको थियो ।

बाँदरलाई थुनेर राखेको ठाउँ नजिकैको माटो खन्ने क्रममा कामदारहरूको जुत्तामा सङ्क्रमित माटो टाँसिएर आएको हङकङको संस्कृति, खेल तथा पर्यटन सचिवलयले स्थानीय टिभी च्यानल आरटीएचकेलाई बताएको छ । 

अहिले यो सङ्क्रमण मानवमा फैलिने जोखिम निकै कम भएको हङकङ विश्वविद्यालयका पशु महामारी विज्ञ डिर्क फेइफरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप