‘पूर्ण बहादुरको सारङ्गी’को ‘रैयाँ चाँदीको’ गीतमा विजय र अञ्जनाको दोहोरी ब्याटल
काठमाडौँ । तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक गरिएको छ । दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द तथा गायक अविरलकै सङ्गीत छ ।
भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । बाटुली (अञ्जना) हारे पूर्णे (विजय)को श्रीमती बन्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । त्यो सर्त स्वीकार गरेर दुवै रोधी बस्छन् । झन्डै ९ मिनेट लम्बाईको गीतमा घोचपेच र प्रेमका कुरा समेटिएको छ । अन्तिममा अञ्जनाले रोधी हारेपछि विजयले उनलाई साथमा लिएर जान्छन् ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा