गोली लागेर घाइते भएका मामालाई भेट्न गए कृष्णा अभिषेक

नयाँदिल्ली । हालै कमेडियन कृष्णा अभिषेक मामा गोविन्दाको घर उनको हालखबर सोध्न पुगेका थिए । आफूहरूबिचको ७ वर्ष पुरानो झगडा बिर्सेर उनी मामाको घर गएका हुन् । ई–टाइम्सलाई दिएको एउटा अन्तरवार्तामा कृष्णले यस भेटलाई उल्लेख गर्दै भनेका थिए, ‘भारत फर्कने बित्तिकै, म ७ वर्षमा पहिलो पटक मामालाई भेट्न उनको गएँ ।’
मामाघर जाँदा आफूलाई आधा वनवास पूरा गरेको जस्तो लागेको र उनी ठिक भइरहेको पनि उनले बताए । ‘मैले उहाँसँग करिब एक घण्टा बिताएँ । यो निकै भावुक क्षण थियो ।’ कृष्णाले भने । गोविन्दाको घरमा करिब एक घण्टा बिताए पनि यस अवधिमा उनले अभिनेताकी पत्नी सुनितालाई भने भेटेनन् ।
आफ्नै घरमा बन्दुक चलाइरहँदा झुक्किएर गोविन्दाको खुट्टामा गोली लागेको थियो । अस्पतालमा ३–४ दिन उपचार गराएपछि उनी घर फर्किएका थिए । यो घटनाको समयमा गोविन्दाका भाञ्जा कृष्णा अभिषेक कामको सिलसिलामा अष्ट्रेलियामा थिए । भारतमै रहेकी उनकी श्रीमती कश्मिरा शाह भने गोविन्दालाई भेट्न आएकी थिइन् ।
अस्ट्रेलियाबाट फर्किएपछि कृष्णले आफूहरूबिचको झगडा बिर्सेका छन् । मामालाई गोली लागेको खबर सुनेपछि आफूले अष्ट्रेलिया भ्रमण लगभग रद्द गरेको भएपनि अस्पतालका कर्मचारी र पत्नी कश्मिरासँग कुरा गरेपछि मामाको स्वास्थ्यमा सुधार आइरहेको थाहा पाएपछि आफू सन्तुष्ट बनेको पनि उनले बताए ।
भेटका क्रममा आफू र मामाबिच विगतको कुनै कुरा नभएको कृष्णाले बताए । माइजु निकै व्यस्त भएकोले आफूले उनलाई नभेटेको पनि उनले बताएका छन् । माइजुलाई भट्दा गाली खाइने डर भएपनि आफू गाली सुन्न तयार भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ