बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ओली सरकार पूर्ण रूपमा असफल भयो तर अहिल्यै विकल्प खोजेका छैनौँ : प्रवक्ता सापकोटा

बिहीबार, ०८ कात्तिक २०८१, १० : ४४
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन् । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको उनले स्पष्ट पारे । तर ओली सरकार पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ ।

‘जनता विपद्को भुमरीमा छन् । सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्णत असफल भएको छ । सरकार परिवर्तनकाे विषयमा अहिले छलफल चलिसकेको छैन । सम्पूर्ण रूपमा पार्टीको ध्यान १० गते हुने खबरदारी सभामा रहेको छ । जनतामा गएर खबरदारी गर्दै जान्छौँ । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ’, रातोपाटीसँग उनले भने ।

सत्ताबाट बाहिरिएपछि जन परिचालनसहितका कार्यक्रम ल्याउने तयारी गरेको माओवादीले बिहीबार सरकारको सय दिनको कामको समीक्षा गरी आफ्नो धारणा सार्वजनिक गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप