नेपालको दुई कीर्तिमानसँगै विराट कोहली र सूर्यकुमार यादवको कीर्तिमान पनि ओझेलमा

काठमाडौँ । जिम्बाबेका प्रभावशाली ब्याट्सम्यान सिकन्दर राजाले भारतका स्टार खेलाडी विराट कोहलीको कीर्तिमान तोडेका छन् । केन्याको नैरोबीमा बुधबार सम्पन्न आईसीसी टी–२० विश्वकपको अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताका क्रममा सिकन्दर राजाले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
गाम्बियाविरुद्धको उक्त खेलमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका अन्य केही कीर्तिमान पनि तोडिएका थिए । ३८ वर्षीय सिकन्दर राजा त्यो खेलमा प्लेयर अफ दि म्याच घोषित भएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीको सूचिमा उनी पहिलो स्थानमा उक्लिएका छन् ।
उनले प्लेयर अफ दि म्याचको पुरस्कार पाएको यो १७औँ पटक हो । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी प्लेयर अफ दि म्याचको पुरस्कार पाउने खेलाडी भारतका विराट कोहली, भारतकै सूर्यकुमार यादब र मलेसियाका विरनदीप सिंह थिए ।
कोहली, यादब र सिंहले १६–१६ पटक प्लेयर अफ दि म्याचको पुरस्कार पाएका छन् । जिम्बाबेका सिकन्दर राजाले त्यही कीर्तिमान तोडेका हुन् । सिकन्दर राजाले केवल ९५ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । यादबले ७४, सिंहले ८४ र कोहलीले एक सय २५ खेलमा यस्तो सफलता हात पारेका थिए ।
यसैगरी, सिकन्दर राजा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गर्ने जिम्बाबेका पहिलो ब्याट्सम्यान पनि बनेका छन् । गाम्बियाविरुद्धको खेलमा उनले अविजित एक सय ३३ रन बनाए । उनले केवल ४३ बलको सामना गरी १५ छक्का र सात चौका हिर्काएका थिए ।
यसैगरी, गाम्बियाविरुको खेलमा जिम्बाबेले २७ वटा छक्का प्रहार गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा कुनै पनि टोलीले प्रहार गरेको यो सर्वाधिक छक्का पनि हो । यसअघि नेपालले मंगोलियाविरुद्धको खेलमा २६ वटा छक्का प्रहार गरेको थियो ।
यसैगरी, गाम्बियाविरुद्धको खेलमा जिम्बाबेले नेपालको नाममा रहेको अर्को कीर्तिमान पनि तोड्यो । जिम्बाबेले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ४४ रन बनाएको थियो । कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठुलो स्कोर हो ।
यसअघि त्यो कीर्तिमान नेपालको नाममा थियो । नेपालले सन् २०२३ मा चीनमा सम्पन्न एसियाली खेलकुदका क्रममा मंगोलियाविरुद्ध निर्धारित ओभरमा केवल तीन विकेट गुमाएर तीन सय १४ रन बनाएका थियो । अहिले त्यही कीर्तिमान जिम्बाबेले तोडेको हो ।
यसैगरी, जिम्बाबेविरुद्धको खेलमा गाम्बियाका बलर मुसा जोरबाथले चार ओभरमा ९३ रन खर्चिएका थिए । टी–२० क्रिकेटको इतिहासमा एउटै खेलमा एउटै बलरले खर्चिएको यो सबैभन्दा बढी रन हो । यसअघि डर्बिसायरका बलर म्याथ्यू ह्यारीले चार ओभरमा ८२ रन खर्चिएका थिए ।
यसैगरी, गाम्बियाविरुद्धको खेलमा जिम्बाबेले नेपालको नाममा रहेको अर्को कीतिृमान पनि तोडेको छ । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान नेपालको नाममा थियो । नेपालले मंगोलियालाई दुई सय ७३ रनले हराएको थियो ।
तर, बुधबार गाम्बियाविरुद्धको खेलमा जिम्बाबेले त्यो कीर्तिमान पनि तोड्यो । जिम्बाबेले गाम्बियालाई दुई सय ९० रनको विशाल अन्तरले हरायो । तीन सय ४५ रनको लक्ष्य पछ्याएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाउँदै अलआउट भयो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा