बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अवैध लागु औषधसहित ४ जना पक्राउ

बिहीबार, ०८ कात्तिक २०८१, १० : ०८
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडाैँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई  पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई-छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र निजको घरमा गई चेकजाँच गर्दा ४३ ग्राम लागु औषध पक्राउ गरेको हो । 

त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले  कैलालीको गोदावरी नगरपालिका बस्ने वर्ष २१ का नीराजन शाहको साथबाट १ ग्राम २३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ । 

यता धनगढीबाट बैतडी जान लागेका डोटीका अन्दाजी २४ वर्षीय दीपक विष्ट र  गोबिन्द विष्टलाई अस्थायी प्रहरी पोस्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा  ४७ ग्राम ७० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप