बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दुई थान बन्दुक र २० थान खयरको डमरुसहित एक जना पक्राउ

बिहीबार, ०८ कात्तिक २०८१, ०९ : ३८
बिहीबार, ०८ कात्तिक २०८१

रौतहट । रौतहटबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एकजना मानिस पक्राउ परेका छन्। डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरुसहित एकजनालाई पक्राउ गरेको हो।

चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट बन्दुक र वनबाट अवैध कटानी गरी ल्याएको खयर काठको डमरुसहित कान्छामान जिम्बा पक्राउ परेका हुन् । 

ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका  जिम्बाको गोठमा डिभिजन वन कार्यालयको गस्ती टोलीले छापामारी गर्ने क्रममा दुई थान भरुवा बन्दुकसमेत फेला परेपछि जिम्बालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय  प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए । 

आरोपी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राजेश कुमार साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप