बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लिभरपुलको शत प्रतिशत नतिजा कायम, एट्लेटिको स्तब्ध

बिहीबार, ०८ कात्तिक २०८१, ०९ : २६
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नयाँ म्यानेजर आर्ने स्लटको नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । बुधबार राति भएको खेलमा टोलीले जर्मन क्लब आरबी लेइपजिगलाई १–० गोलले हरायो ।

टोलीको जितमा डार्विन नुनेजले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २७ औँ मिनेटमा नुनेजले मोहम्मद शालाहको पासमा गोल गरेका थिए । डच म्यानेजरको नेतृत्वमा लिभरपुलले सबै प्रतियोगितामा १२ मध्ये ११ खेलमा जित हात पारेको छ ।

३ खेलमा तीनवटै जितसहित लिभरपुल अङ्कतालिकामा दोस्रो स्थानमा छ । लेइपजिग भने हालसम्म अङ्कविहीन रहेको छ ।

बुधबार नै भएका अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग १–३ गोलले स्तब्ध बन्यो । इटालियन क्लब इन्टर मिलानले यङ ब्वाइजमाथि १–० को सङ्घर्षपूर्ण जित हात पार्‍यो । 

त्यस्तै, डाइनामो जाग्रेबले रेड बुल साल्जबर्गलाई २–० गोलले हराउँदा बेनफिका भने फेयेनुर्डसँग ३–१ गोलले पराजित हुन पुग्यो । 

बायर लेभरकुजन ब्रेस्टसँग १–१ बराबरीमा रोकिँदा सेल्टिक र एटलान्टाबिचको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप