रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
बिहीबार, ०८ कात्तिक २०८१, ०९ : १७
_E9cFdUhBzu.jpg)
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पुरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो ।
आज उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले रातोपाटीलाई बताए । उनले भने, ‘आज दोस्रोपटक म्याद लिन्छौँ, अरू अनुसन्धानको प्रक्रिया भइरहेको छ ।’
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा
-
लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ
-
लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ
-
महोत्सव लगाएर हेमजाले बेच्यो ४१ लाखको आलु