हालान्डको दुई गोल, सिटीको शानदार जित
![हालान्डको दुई गोल, सिटीको शानदार जित](https://npcdn.ratopati.com/media/news/haland_AvalpUBq18.png)
इतिहाद । अर्लिङ हालान्डले दुई गोल गर्दा म्यानचेस्टर सिटीले यो सिजनको च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा सिटीले स्पार्टा प्रागलाई ५–० गोलले हराएको हो ।
फिल फोडेनले घरेलु टोलीलाई खेलको तेस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा सिटीले गोल वर्षा गर्यो । ५८ औँ मिनेटमा हालान्डले टोलीको अग्रता दोब्बर बनाए । ६४ औँ मिनेटमा जोन स्टोन्सले टोलीका लागि अर्को गोल गरे ।
४ मिनेटपछि हालान्डले व्यक्तिगत दोस्रो गोल गरे । मात्र २४ वर्षको उमेरमा च्याम्पियन्स लिगमा उनको गोल सङ्ख्या ४४ पुगेको छ ।खेलको अन्त्यतिर म्याथेयस नुनेसले पेनाल्टीबाट पाँचौँ गोल थपे । प्रतियोगितामा उनको यो पहिलो गोल थियो ।
३ खेलमध्ये दुईमा जित र एकमा बराबरी खेलेको सिटी ७ अङ्कसहित तेस्रो स्थानमा छ । स्पार्टा प्राग भने ४ अङ्क लिएर २१ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता