बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बायर्नमाथि बार्साको गोल वर्षा

बिहीबार, ०८ कात्तिक २०८१, ०६ : १४
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । विंगर राफिन्हाको ह्याट्रिकको मद्दतले स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखमाथि गोल वर्षा गरेको छ । च्याम्पियन्स लिगमा दुई महारथीको भिडन्तमा बार्सा ४–१ गोलले विजयी बनेको हो ।

खेलको पहिलो मिनेटमा नै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा ह्यारी केनले बराबरी गोल फर्काए । 

३६ औँ मिनेटमा रोबर्ट लेवान्डोक्सीले आफ्नो पूर्व क्लबविरुद्ध गर्दै टोलीलाई पुनः अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा राफिन्हाले अग्रता फराकिलो बनाए ।

दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । जितपछि बार्सिलोना ३ खेलबाट ६ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा रहेको छ । बायर्न भने समान खेलबाट ३ अङ्कसहित २३ औँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप